कास्की । Phewa Lake को जलाधार क्षेत्र संरक्षणका लागि सम्बन्धित निकायहरूले सक्रियता बढाएका छन्। सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत समेटिएको फेवा संरक्षित जलाधार क्षेत्र संरक्षण योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पहल तीव्र बनाइएको हो।
शासकीय सुधार कार्यक्रममा फेवाताल क्षेत्रमा भएको अतिक्रमण हटाउने, पहिरो व्यवस्थापन गर्ने, मुहान संरक्षण तथा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी कार्यक्रम सञ्चालन गरी जलाधार क्षेत्र संरक्षण गर्ने लक्ष्य राखिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा तयार गरिएको ‘फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना’ कार्यान्वयनका लागि Department of Forest and Soil Conservation, Integrated Watershed Management Centre Gandaki तथा कास्कीस्थित जिल्ला भू तथा जलाधार संरक्षण समितिले समन्वयात्मक पहल थालेका हुन्। रासस
जिल्ला भू तथा जलाधार संरक्षण समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख Liladhar Paudel ले फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजनालाई अद्यावधिक तथा परिमार्जन गरी कार्यान्वयनमा लैजान वन तथा भू–संरक्षण विभागलाई सुझाव दिइएको जानकारी दिए। उनका अनुसार विभागबाट योजना स्वीकृत भएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।
सन् २०२२ देखि २०३१ सम्मको कार्यान्वयन अवधि निर्धारण गरिएको उक्त योजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रमुख पौडेलले यसको प्रभावकारी कार्यान्वयन सबै सरोकारवाला निकायको साझा जिम्मेवारी भएको उल्लेख गरे। समितिको बैठकले पनि योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरिसकेको उनले बताए।
यसैबीच, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक Uddhav Bahadur Ghimire सहितको विज्ञ टोलीले केही समयअघि फेवा संरक्षित जलाधार क्षेत्रको स्थलगत अवलोकन गरेको थियो। टोलीले योजनाको कार्यान्वयनका विषयमा सरोकारवाला पक्षसँग छलफलसमेत गरेको जनाइएको छ।
योजनाअन्तर्गत जलाधार क्षेत्रमा भएको अतिक्रमण हटाइ पुनःस्थापना गर्ने, पानीका मुहान संरक्षण गर्ने, पहिरो नियन्त्रण, वृक्षरोपण, सौन्दर्यीकरण तथा जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गरिनेछन्।
मानवीय गतिविधि र प्राकृतिक कारणले निरन्तर अतिक्रमणको चपेटामा पर्दै गएको फेवाताल संरक्षणका लागि व्यवस्थापकीय योजना कार्यान्वयनलाई महत्वपूर्ण मानिएको छ। यसअघि Supreme Court of Nepal ले फेवातालको ६५ मिटर मापदण्डभित्र बनेका संरचना हटाउन आदेश दिइसकेको छ। Phewa Protected Watershed Area करिब १२३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको जलाधार व्यवस्थापन केन्द्रका सूचना अधिकारी Amar Adhikari ले जानकारी दिए।










