होमपेज » अन्तर्राष्ट्रिय » तेर्सो पटक आपतकाल लाउने तयारीमा जापान

तेर्सो पटक आपतकाल लाउने तयारीमा जापान

बिहीबार, ९ बैशाख २०७८, १३:४६

टोकियो । कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बद्द्दै गएपछि बढ्दो संक्रमणलाई रोक्न जापानले तेस्रो पटक आपतकाल घोषणा गर्ने तयारी गरेको छ । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले अप्रिल २० तारिख मंगलबार रात राजधानी टोकियो, ओसाका, ह्योगो लगायत प्रिफेक्चरमा आपतकाल घोषणामा सरकार सकारात्मक रहेको बताएका छन् ।

 

प्रधानमन्त्री सुगाले देशभर कोरोना संक्रमण बढेको र यसलाई नियन्त्रण गर्न सबै उपाय अपलब्ध गरिने बताउँदै ओसाका, टोकियो, ह्योगो लगायत क्षेत्रमा संक्रमण उल्लेख्य बढेको बताउँदै सम्वन्धित प्रिफेक्चरका गर्भनरहरुको अनुरोध अनुसार सरकार आपतकाल घोषणामा परामर्शमा रहेको बताएका छन् ।

 

हालसम्मको तथ्यांक अनुसार जापानमा कोरोना संक्रमितको संख्या ५ लाख ४३ हजार पुगेको छ। भने मृतकको संख्या १७०० नागिसकेको छ।