होमपेज » आर्थिक » अर्थ » आज एक सय रुपैयाँले सुनचाँदीको मूल्य घट्यो

आज एक सय रुपैयाँले सुनचाँदीको मूल्य घट्यो

बुधबार, २२ बैशाख २०७८, १४:२२

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।