होमपेज » समाचार » अस्पतालले बढी शुल्क लिएमा कारवाही गर्ने

अस्पतालले बढी शुल्क लिएमा कारवाही गर्ने

बिहीबार, २३ बैशाख २०७८, ०९:३४

काठमाडौं । मन्त्रालयले संक्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ ।

महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, जारी गरेको विज्ञप्तिमा भनिएको छ, अनावश्यक भन्दा बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थालाइ यस्ता गतिविधि नगर्न आग्रह गरेका छन् ।