सप्तरी । बिदामा घर आउंदा पनि रकम असुल्न नछाड्ने घुमुवा सिपाही राधेश्याम यादवलाई सशस्त्र प्रहरी बलका डिआइजी चन्द्रप्रकाश गौतमले धनुषाबाट महोत्तरी लखेटेका छन् ।
सशस्त्र प्रहरी बलका घुमुवाले बिदामा घर आउंदा पनि तस्कर र व्यापारीसंग रकम उठाउन छोडेनन। देशमा कोरना कहरको बिकराल समस्या छ । सिमानाबाट भारतीय देखि नेपालीहरू ठूलो संख्यामा नेपाल प्रवेश गरिरहेका छन् । यही मौकामा सीमावर्ती क्षेत्रमा ठूलो तस्करी पनि चलिरहेको छ ।
सप्तरीको थरवाही सीमा जहाँ भारतीय बजार छ सो क्षेत्रबाट अहिले ठूलो तस्करी चलिरहेको छ । बिओपी सोहनपट्टीका सई देविन यादव, बेस क्याम्प बोधेबसाइनका प्रहरी निरीक्षकको संरक्षण र सेटिङमा यहाँबाट ठूलो संख्यामा तस्करहरूले लाइन चलाएका छन् । घर बिदामा आएका सिपाही राधेश्याम यादवले तस्करीको सेटिङ र रकमको डिल गरिरहेका छन् । सप्तरीको बेसक्याम्प बोधेबसाइनमा घुमुवा रहेका राधेश्यामलाई धेरै बदनाम भए पछि डिआइजी चन्द्रप्रकाश गौतमले बाहिनीमा तानेका थिए ।
त्यसपछि ती घुमुवा यादवलाई बिरगंज पठाइएको थियो । फेरि बाहिनीमा सेटिङ मिलाएर धनुषाको रेल्वे स्टेसनमा आउन सफल भएका यादव अहिले लामो समयदेखि बिदामा सप्तरी आएर आफुलाई बाहिनीको घुमुवा हुं भन्दै व्यापारी र तस्करलाई फोन गर्दै गरेका कुराहरू बाहिर आउन थालेका छन् । केही दिन अघि एक व्यापारीले रकम नदिएपछि उनको सामान पक्राउ गरि आधा मात्र भन्सार बुझाएर आधा छोडेको समाचार बाहिर आएको छ ।
सई यादवले त फो लेनको सडकमा हालै दस धुर जग्गा समेत खरिद गरिसकेका छन् । बाहिनीबाट कुनै घुमुवा परिचालन नभएको अवस्थामा राधेश्याम यादव बाहिनीको घुमुवा भन्दै रकम उठाउनुले थप प्रश्न खडा गरेको छ । तस्करीको लाइन पाउनेमा बिरेन्द्र यादव, मन्जु यादव, उमेश यादव, ब्रम्हदेव यादव, तेजनारायण यादव, देवेन यादव, डमर यादव, मनसुर मियाँ , ओम पण्डित, हजरत मियाँ, अशोक यादव, कन्हैया, अखलेश, लगायतका छन् ।










