होमपेज » समाचार » महोत्तरीबाट यसरी भैरहेछ तस्करी, सशस्त्रका पुराना घुमुवाको सेटिङ

महोत्तरीबाट यसरी भैरहेछ तस्करी, सशस्त्रका पुराना घुमुवाको सेटिङ

मंगलवार, २८ बैशाख २०७८, १३:५३

बर्दिबास । महोत्तरी स्थित सशस्त्र प्रहरी गणका एसपीले घुमुवा नराखेपनि पहिलेका घुमुवाहरूले सुचना दिएर तस्करी गराउन सहयोग गरेवापत रकम असुली गरिरहेका छन् ।

 

जागिर खाएदेखि महोत्तरी नछोडेका सिपाही सुमित सिहं र भिट्टामोड स्थित तत्कालीन भन्सार गुल्ममा आठ बर्ष घुमुवा बसेर ज्यादै बदनाम भएका सहायक हवल्दार सुरेश यादवले अहिले तस्करहरूलाई सुचना दिएर रकम लिने गरेका छन् । रकम आफ्नो नाममा नलिएर आफन्त वा परिवारका सदस्यको नाममा मनिट्रान्सफर मार्फत लिने गरेको खुलेको छ ।

 

सुमित सिहं सशस्त्रको पूर्व डिआईजी नरेन्द्र सिहंको भतिजो भन्दै जागिर खाए देखि महोत्तरी छोड्नु परेको छैन । सुरेश यादव आठ बर्ष भिट्टामोड भन्सारको घुमुवा भएर बदनाम भए पछि बुटवल लखेटिएका भए पनि फेरि फर्केर आएपछि महोत्तरी गणको इस्क्वाट टिममा बसेर तस्करहरूलाई सुचना चुहावट गरेर रकम असुली गरिरहेका छन् ।

 

गणबाट कुन टोलि कति बेला निस्कन्छ, कता जान्छ सुचना दिने र जिल्लामा उनीहरू पुराना घुमुवा भएको कारण कुन तस्करले कहाँबाट केकाम गरिरहको छ भन्ने सम्पूर्ण जानकारी हुने भए पछि उनीहरूले असुली धन्दा चलाइरहेका छन् ।

 

अहिले भिट्टामोडबाट शम्भु साह कपडा, बिनोद, बिपिन कपडा, मनोज कवाडी, रघुनाथपुरबाट बेचु पटेल, श्याम र शंकर महत्तोले कपडा, हाड्वेयर, सम्सीबाट नियाजले गाईगोरूको ठूलो तस्करी गरिरहेका छन् ।

 

कोरना महामारीको समयमा पनि खोलाको बगरमा अहिले पनि गाईगोरूको मेला लाग्दै आइरहेको छ ।

 

नियाजले यसैमार्फत गाईगोरूको तस्करी गरिरहेका छन् । यी सबै तस्करहरूसंग सिपाही सुमित सिहं र सहायक हवल्दार सुरेश यादवको सेटिङ रहेको छ ।