बिरगंज । देशमा कोरना कहरको आंतक छ । दैनिक सयौंको संख्यामा यही रोगका कारण ज्यान गुमाउने जनताले उपचारका नाममा अक्सिजन नपाएर मर्नुपरेको छ । भारतीय सीमावर्ती क्षेत्रबाट अहिले पनि सयौंको संख्यामा नेपाल भित्रीरहेका छन् ।उनीहरू नेपाली वा भारतीय हुन एकिन छैन ।
यस्तो अवस्थामा पनि पर्साको जानकीटोला र अलौबाट तस्करी भैरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्थानीय जानकीटोला र अलौकाका सई एवं सशस्त्रका बिओपीका प्रहरी निरीक्षकलाई मिलाएर तस्करी भैरहेको छ भने बजार क्षेत्रमा आएपछि जिल्लाको टाईगर टोली, क्राइम टोली र प्रदेशका घुमुवा टोलीलाई मिलाएर तस्करहरूले तस्करीको सामान आफ्नो गोदाम सम्म सुरक्षित तवरले पुर्याउदै आइरहेका छन् ।
लकडाउन भनिएपनि पर्साका यी नाकाबाट अहिले संगठित तस्करी भैरहेको छ।प्रदेशका घुमुवा श्याम साह सोनारको कमान्डमा रहेको घुमुवा टोलीले हुण्डी देखि अरू सामानको तस्करी गर्ने तस्करहरूलाई सेटिङ गर्ने र जिल्लाको क्राइम र टाईगर टोली मिलाउने गरेको समेत खुलेको छ ।
सिपाही हुदादेखि नै बारा र पर्सामा लामो समय घुमुवा बसेका हवल्दार श्याम साह सोनार अहिले प्रदेश प्रहरी कार्यालयको घुमुवा कमान्डर भएर,पर्सामा खटिएका छन् । जबकि उनको दरवन्दी विपतव्वस्थापनमा हो । सेटिङ नमिल्ने र भनेजति रकम नदिनेको सामान पक्राउ गर्ने र बांकी सेटिङ मिलेकाको सामान सुरक्षित तरिकाले गोदाम सम्म स्कटिङ गरेर पु¥याउने काम समेत हुदैआएको छ ।
सेटिङ नमिल्ने र भनेजति रकम नदिनेको भन्सार छ्लीको लत्ताकपडा, गाडी सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना.१ ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका अन्दाजी मूल्य रू.१,१३,४००।– (एक लाख तेह्र हजार चार सय) बराबरका कुर्ता सुरुवाल, साडी तथा ब्लाउजको कपडा बरामद गरी गाडी चालक जिल्ला बारा जितपुर उ.म.न.पा. वडा नं. ७ बस्ने वर्ष २१ को जियाउल हक खानलाई गाडीसहित नियन्त्रणमा लिई गाडीसमेत कुल रू.६,१३,४००।– मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
सेटिङ नमिल्ने र भनेजति रकम नदिएको कारण पर्सा प्रहरीले हुन्डी कारोवारी गर्ने ४ जनालाई अबैध रकम सहित पक्राउ गर्न सफल भएको छ ।
भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल, वडा नं.१८ स्थायी ठेगाना भई जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं ३ आदर्शनगर, पानीटंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमार समेत निम्न ४ जना व्यक्तिहरूले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले निगरानी गरिरहेकोमा बुधबार दिउँसो १३ः०० बजेको समयमा जिल्ला बारा महागढीमाई न.पा.वडा नं.४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई ऐ.पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२५,००,०००।– (पच्चीस लाख) फेला परेको, साथै निज विकास कुमारको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको रू.५७,५०,०००।– (सन्ताउन्न लाख पचास हजार) थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.८२,५०,०००।– (बयासी लाख पचास हजार) बरामद गरी निम्न ४ जना मानिसहरूलाई ना.८प.४८९७ नम्बरको डिस्कभर मोटरसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार जिल्ला मोतिहारी पुर्बी चम्पारण थाना रक्सौल वडा न.९ बस्ने बर्ष २२ को गुड्डु कुमार र भारत बिहार जिल्ला मोतिहारी वडा नं.५ बस्ने बर्ष १८ को साहिल गुप्ता पकाउ परे ।










