होमपेज » समाचार » नेपाल टेलिकमका सिम प्रयोगकर्ताले अब एसएमएसबाटै शेयर बजारको जानकारी लिन सक्ने

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले अब एसएमएसबाटै शेयर बजारको जानकारी लिन सक्ने

शुक्रबार, ३१ बैशाख २०७८, १४:४३

काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी लिन सक्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र विभिन्न समाचार माध्यमको विकल्पमा आफुले लिन चाहेको शेयरबजार सम्वन्धि जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सक्ने भएका हुन ।

 

खासगरी शेयर बजारका लगानीकर्तालाई लगानी योजना बनाउन र लगानी गर्नको लागि सहज वातावरण बनाइदिने उद्देश्यले मेरोलगानी डटकमले तोकिएको शुल्क तिरेर एसएमएस सेवा उपलब्ध गराएको हो ।

 

शेयर बजारका लगानीकर्ता इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अवस्थामा पनि शेयर सम्वन्धि जानकारी लिन सकिने गरी यो सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ । एसएमएस सेवाबाट ग्राहकले शेयर बजारमा हाल जारी भइरहेका प्राथमिक निष्काशन तथा निकट भविष्यमा निष्काशन हुने तयारीमा रहेका (आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर) हकप्रद, शेयर बजारमा कारोबार भएको आधारमा बजारको समीक्षा (नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम) तथा नाफा कमाउने र गुमाउने कम्पनीहरुको जानकारी समेत पाउने छन् ।

त्यस्तै कारोबार रकमका आधारमा लगानीकर्ताको रोजाईमा परि धेरै कारोबार भएको कम्पनीहरुको विवरण तथा आफूले चाहेको कम्पनीको शेयरमूल्यको घटबढ तथा कारोबारको विवरण लगायतका जानकारी समेत प्राप्त गर्न सकिन्छ ।

 

कसरी लिने सेवा ?

हाल मेरोलगानी एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवाहरु एनसेल र नेपाल टेलिकमबाट लिन सकिने छ । यसअघि एनसेलबाट मात्रै यस्तो सेवा लिन सकिने भएपनि अब नेपाल टेलिकमबाट पनि एसएमएस सेवा सुरु गरिएको छ ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले एसएमएस सेवा लिन ८३१०५१३ डायल गरी सेवा लिन सकिन्छ । जसका लागि एसएमएस अर्लट्सको हप्ताको २० रुपैयाँ र पोडकाष्ट सुन्न पनि हप्ताको २० रुपैयाँ नै तिनुपर्ने हुन्छ ।

त्यसैगरी एनसेल सिम प्रयोगकर्ताले एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवा लिन ८१७१७४३ डायल गर्नुपर्ने छ । जसमा एनसेल प्रयोगकर्ताले एसएमएस सेवा तीन दिनको लागि १० रुपैयाँ, साप्ताहिक सेवाका लागि

 

२६ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।