होमपेज » हेडलाइन » प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई कुल्चिए

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई कुल्चिए

शुक्रबार, ७ जेष्ठ २०७८, ११:४५

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ । र, सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको छ ।

 

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको आज बसेको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ ।