महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् ।
मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट घेराबेरा र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट बिओपी मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०÷६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए ।
करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक चुस्ता समेत ढुङ्गामुढा गर्नेहरुले च्यातिदिएका छन् । यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन तस्करी गर्ने इजाजत दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए ।
सशस्त्र प्रहरीको लाठी चार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरुले आफूहरु महिनाबारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् । त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् ।
घटनाको पछाडि एसपी सुरेश सापकोटाले छाडेका घुमुवाको भुमिका छ । सापकोटाले तस्कर र व्यापारीसंग रकम उठाउन दुई जना स हवल्दार सुरेश यादव र सिपाही सुमित सिहलाई कागजी रूपमा आउट छोडेको देखाएर रकम उठाइ रहेका छन् ।बाहिनीमा कसैले कम्प्लेन गरे बिदा छोडेको थिए भन्ने अन्यथा उनीहरूले रकम उठाई रहेकै हुन्छन् ।
दुई नम्बर प्रदेशमा इमानदार भनिएका एसपी सापकोटाले अहिले सरूवाको पूर्व सन्ध्यामा यिनीहरूलाई प्रयोग गरेर रकम उठाई रहेका छन् । यादव आठ बर्ष मटियानी भन्सार को घुमुवो थिए भने सिह नरेन्द्र सिहको भतिजोको नाममा सधै त्यही छन् । सो नाकाबाट कारोवार गर्न लाइन यिनै घुमुवाले मिलाएका थिए ।
महोत्तरी स्थित सशस्त्र प्रहरी गणका एसपीले घुमुवा नराखेपनि पहिलेका घुमुवाहरूले सुचना दिएर तस्करी गराउन सहयोग गरेवापत रकम असुली गरिरहेका छन् । जागिर खाएदेखि महोत्तरी नछोडेका सिपाही सुमित सिहं र भिट्टामोड स्थित तत्कालीन भन्सार गुल्ममा आठ बर्ष घुमुवा बसेर ज्यादै बदनाम भएका सहायक हवल्दार सुरेश यादवले अहिले तस्करहरूलाई सुचना दिएर रकम लिने गरेका छन् ।
रकम आफ्नो नाममा नलिएर आफन्त वा परिवारका सदस्यको नाममा मनिट्रान्सफर मार्फत लिने गरेको खुलेको छ । सुमित सिहं सशस्त्रको पूर्व डिआईजी नरेन्द्र सिहंको भतिजो भन्दै जागिर खाए देखि महोत्तरी छोड्नु परेको छैन ।
सुरेश यादव आठ बर्ष भिट्टामोड भन्सारको घुमुवा भएर बदनाम भए पछि बुटवल लखेटिएका भए पनि फेरि फर्केर आएपछि महोत्तरी गणको इस्क्वाट टिममा बसेर तस्करहरूलाई सुचना चुहावट गरेर रकम असुली गरिरहेका छन् ।
गणबाट कुन टोलि कति बेला निस्कन्छ, कता जान्छ सुचना दिने र जिल्लामा उनीहरू पुराना घुमुवा भएको कारण कुन तस्करले कहाँबाट केकाम गरिरहको छ भन्ने सम्पूर्ण जानकारी हुने भए पछि उनीहरूले असुली धन्दा चलाइरहेका छन् । अहिले भिट्टामोडबाट शम्भु साह कपडा, बिनोद, बिपिन कपडा, मनोज कवाडी, रघुनाथपुरबाट बेचु पटेल, श्याम र शंकर महत्तोले कपडा, हाड्वेयर, सम्सीबाट नियाजले गाईगोरूको ठूलो तस्करी गरिरहेका छन् ।
कोरना महामारीको समयमा पनि खोलाको बगरमा अहिले पनि गाईगोरूको मेला लाग्दै आइरहेको छ । नियाजले यसैमार्फत गाईगोरूको तस्करी गरिरहेका छन् । यी सबै तस्करहरूसंग सिपाही सुमित सिहं र सहायक हवल्दार सुरेश यादवको सेटिङ रहेको छ ।










