होमपेज » समाचार » डीएसपी समीरचन्द्र खरेलको निधन

डीएसपी समीरचन्द्र खरेलको निधन

सोमबार, १० जेष्ठ २०७८, १७:४८

काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको निधन भएको हो ।

 

खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्यान गुमाएका थिए ।