होमपेज » हेडलाइन » आर्थिक सर्वेक्षण भोलि हुने

आर्थिक सर्वेक्षण भोलि हुने

बिहीबार, १३ जेष्ठ २०७८, १२:१०

काठमाडौं । आर्थिक सर्वेक्षण शुक्रबार सार्वजनिक हुने भएको छ । मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ भने फोटो तथा भिडियोको लागि सिमित पत्रकारलाई अर्थमन्त्रालयको सो कार्यक्रममा प्रवेश दिने गरी तयारी गरिएको छ ।

यता जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहरबारबाटै सार्वजनिक गर्नेछन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ।

सरकारले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि तरल राजनीतिका कारण यो पटक नीति तथा कार्यक्रम आएन ।

काम चलाउ सरकारले काम चलाउ बजेट ल्याउनुपर्ने विज्ञहरुले भनिरहेका बेला ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ ।