राजविराज । सार्वजनिक जग्गा संरक्षण गर्ने मुख्य जिम्मेवारी पाएको र नियन्त्रणको अधिकार समेत पाएको प्रशासन स्वयं अर्को सरकारी निकायले सार्वजनिक जग्गा हडपेको र संरक्षणका लागि लिखित पत्राचार गर्दा समेत चुप लागेर बसेबाट जग्गा हडप्नेसंग सांठगांठ छ भन्ने कुराको पुष्टि हुन्छ ।
एउटा जिम्मेवार सरकारी निकायले जिल्लाको प्रशासन प्रमुखलाई र स्थानीय प्रहरीलाई समेत लिखित जानकारी दिदा समेत कुनै कारवाही र सुनुवाइ भएको छैन । सप्तरीको झन्डै पाँच सय बिगाहा जग्गा एक व्यक्तिले सार्वजनिक जग्गा हडपेको कारण बगरमा परिणत हुने भएकोछ। गत बैशाख १९ गते कोशी पम्प चन्द्र नहर सिचाइ व्यवस्थापन कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई लिखित पत्र पठाई नहर (भिसी ) जग्गाको अतिक्रमण रोक्का गरिदिनु हुन पत्र पठाएको र स्थानीय इलाका प्रहरी कार्यालय बोडे बर्साइनलाई पत्राचार गरेपनि कुनै कारवाही नभए पछि स्थानीय कृषक आक्रोशित बनेका छन् ।
उक्त सिचाइ कार्यालयले पत्रमा भनेको छ, यस कार्यालय अन्तरगत संचालित कोशी पम्प नहर सिचाइ प्रणालीमा बोडे बर्साइनी वडा नम्बर ६ को खमगारा पश्चिम टोल स्थित निर्माण रहेका नहरको भि सी बोडे बर्साइन बडा नम्बर ६ खमगारा बस्ने फेकु साहले जोर जवर्जस्ती भि सी मासि पोखरी खन्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएको हुदा पोखरी खन्ने कार्य रोक्का गरि दिनु ।
कार्यालय प्रमुख राजेन्द्र प्रसाद साहले जिल्ला प्रशासन र स्थानीय इलाका प्रहरी कार्यालयलाई लिखित पत्र पठाएको महिना दिन बितिसक्दा पनि कुनै कारवाही भएको छैन । फेकु साहले नहरको सार्वजनिक जग्गा हडपेर पोखरी बनाउने काम गरिरहेका छन् । स्थानीय इलाका प्रहरीका सई अरूण सिहंको फेकुका छोरा भोला प्रसाद साहसंग उठबस र आर्थिक सम्बन्धभएको कारणले पनि सरकारी जग्गा अतिक्रमण भैरहेको काम रोकिएको छैन । हुन सरकारी सम्पत्ति अतिक्रमण हुनबाट बचाउन तत्काल आबश्यक कारवाही गरिगराई दिनुहुन अनुरोध छ ।











