होमपेज » समाचार » कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

आईतवार, ६ असार २०७८, १६:२६

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

 

दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

 

जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।