सर्लाही । भारतसँग जोडिएकाले सीमा वारपार हुने तस्करी र अपराधको जालोमा प्रदेश २ का आठ वटै जिल्ला डरलाग्दो अवस्थामा जेलिएका छन् । खुला सीमाको फाइदा उठाउँदै ‘जे–पनि’ वारिपारि गर्ने कारोबारीले सामानको तस्करीसँगै हातहतियारको पनि ओसारपसार गर्दै आएका हुन् । कोरोना भाइरसका कारण सिल गरिएको सीमा खुकुलो पारिए लगत्तै तस्करहरू सल्बलाएका देखिन्छन् ।
समानको तस्करीसँगै हातहतियारको ओसारपसार पनि डरलाग्दो छ । सशस्त्र प्रहरीकै तथ्यांकअनुसार पछिल्लो ६ महिनामा ८ वटा पेस्तोल र ९ वटा राउन्ड र म्यागजिन बरामद गरिएको छ । भारतबाट नेपालतिर ल्याएको कटुवा पेस्तोल ६ थान र लोडेड सेमिअटोमेटिक पेस्तोल २ थान बरामद गरेको छ । विश्वब्यापी महा’मारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता जिल्ला नराम्रोसँग प्रभावित भईरहे पनि सर्लाहीको त्रिभुवननगर नाका अहिले तस्करीको अखडा बनेको छ ।
त्रिभुवननगर नाका स्थित सशस्त्रको बिओपीका प्रहरी निरीक्षक संजित सिंहको संरक्षणमा खुलेयाम तस्करी भैरहेको छ । घर नै सर्लाही भएका निरीक्षक सिंह यश अघि टावर स्थित बेशमा थिए। त्यहीँ कार्यरत रहंदा पनि उनी धेरै बद्नाम र बिवादमा परेका थिए।तिनै बदनाम र बिवादित सिहंलाई फेरि सर्लाहीको सबैभन्दा तस्करी हुने नाकाका रूपमा चिनिएको त्रिभुवननगर नाकाको बिओपीको जिम्मेवारी दिएपछि अहिले व्यापक मात्रामा सो नाकाबाट तस्करी भैरहेको छ ।
सशस्त्र प्रहरीले खुलेयाम तस्करी गराई रहेका छन् । यसबाहेक सखुवहाबाट समेत तस्करी भैरहेको छ । ती तस्करीको सामानहरू लालवन्दी सम्म पुग्ने गर्दछ । दैनिक दुई दर्जन बढी मोटरसाइकलबाट कपडा, सुर्तीजन्य सामान र अन्य घरायसी सामानहरूको ठूलो तस्करी भैरहेको छ । त्रिभुवननगर नाकाबाट उमेश राउत केराउ र छोकडाको तस्करी गरिरहेका छन् ।मनिष चौधरी, प्रकाश यादव, इन्दल राय , हुसेन मियाँ, राजेश कुशवाह समेतले तस्करीको लाइन पाएका छन् ।
तस्करीको लाइन उनै निरीक्षक संजित सिंहले दिएका हुन । यी व्यापारीलाई तस्करी गराउन लाइन दिए बापत सशस्त्र प्रहरी बल त्रिभुवननगर बिओपीले मासिक अवस्था हेरेर ५ देखि ७ लाखसम्म लिने गरेको व्यापारीहरू बताउँछन् । लागूऔषध पारिबाट वारि र मदिरा वारिबाट पारि गर्ने गिरोह नै सक्रिय छ । भारत, विहारमा मदिरा र नेपालमा लागूऔषध प्रतिबन्ध छ । सर्लाहीको सीमा नाका हुदै तस्करी कायमै रहेको एक घटनाले उजागर पारेको छ । सर्लाहीको त्रिभुवन नगर नाका हुदै तस्करीका मालसमान अवैध रुपले आयात निर्यात भइरहेपनि सीमामा खटिएका प्रहरीहरु मासिक नजराना बुझने बाहेक केही गर्न नसकेको हो ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल, अवैध रुपले आयात निर्यात गर्ने मालसमान पक्राउ गरिन सक्ने प्रावधान रहेपनि आफ्नो पदको दुरुपयोग गर्दै सीमा नाकाबाट तस्करीको कार्य सुचारु गराएको बुझिन्छ । सर्लाहीको त्रिभुवन नगर, सखुवाहा, सुरक्षा बेस मलंगवा हुदै दिनहु करोडौको मालसमान अवैध रुपले आयात निर्यात हुने गरेको स्थानीयले बताएका छन । स्थानीयले जनाए अनुसार बोर्डर आउट त्रिभुवन नगर नाका हुदै लालबन्दीसम्म तस्करीको मालसमान पुग्ने गरेको बताए । सीमा नाका हुदै प्रति दिन १८ देखी २० वटा मोटरसाइकलमा कपडा, सुर्ती लगायतको तस्करीका मालसमानहरु लालबन्दीसम्म पुग्ने गरेको बताइन्छ ।
त्रिभुवन नगर नाका हुदै उमेश राउत भनिने तस्करले छोकडा र केराउको तस्करीमा तिब्रता दिएका छन भने मनिष चौधरी, इन्दल राय, प्रकाश यादव, राजेश कुश्वाहा, हुसेन मिया लगायतका तस्कर समुहले कपडा, सुर्ती र हार्डवेयरको तस्करी कार्यमा तिब्रता दिएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । बोर्डर आउट पोष्ट त्रिभुवन नगरका सशस्त्र प्रहरी निरीक्षक संजित सिंहलाई मासिक लाखौ रुपैया नजराना बुझाए पश्चात तस्करीको लाइन सुचारु भएको उनले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीमा डिआईजी चन्द्र प्रकाश गौतम आउनसाथ कुनैपनि युनिटबाट घुमुवा परिचालन नगर्न निर्देशन दिएका थिए ।
अहिले सर्लाहीका गणपति गंगाराम श्रेष्ठले सरूवाको मुखमा आएर बिओपीमा निरीक्षक मार्फत तस्करीको लाइन खुलेयाम चलाएका छन् । तस्करसंग सेटिङ मिलाउने र आर्थिक कारोवार गर्ने काम बिशेष व्यरो दरवन्दी भएर सर्लाहीमा कार्यरत असई दिपेन्द्र झाले गरिरहेका छन् । असई झा जागिर खाएदेखि अहिलेसम्म सर्लाही र महोत्तरी नछाड्ने सशस्त्र प्रहरी हुन । केही व्यापारीसंग उनी स्वयं साझेदार भएर तस्करी गरिरहेको समेत खुलेको छ ।










