बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८२ हजार ३४९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ९९ लाख ९८ हजार ९५७ जना रहेका छन । विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई १८ मा प्रकाशित गण्ेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका -तीन करोड ४० लाख ६९ हजार ६४ छ लाख ८ हजार ८९८
भारत -तीन करोड ११ लाख ६ हजार ६५ चार लाख १३ हजार ६०९
ब्राजिल -एक करोड ९३ लाख ४२ हजार ४४८ पाँच लाख ४१ हजार २६६
फ्रान्स – ५९ लाख १७ हजार ३९७ एक लाख ११ हजार ६५७
रुस -५८ लाख ६० हजार ११३ एक लाख ४५ हजार २२२
टर्की -५५ लाख २२ हजार ३९ ५० हजार ४८८
बेलायत -५४ लाख ७ हजार ४२८ एक लाख २८ हजार ९६०
अर्जेन्टिना -४७ लाख ४९ हजार ४४३ एक लाख १ हजार ४३४
कोलोम्बिया -४६ लाख २१ हजार २६० एक लाख १५ हजार ८३१
इटाली -४२ लाख ८४ हजार ३३२ एक लाख २७ हजार ८६४
स्पेन -४१ लाख २२२ ८१ हजार ९६
जर्मनी – ३७ लाख ५१ हजार २५३ ९१ हजार ३६९
इरान -३५ लाख १ हजार ७९ ८६ हजार ९६६
पोल्याण्ड -२८ लाख ८१ हजार ३५५ ७५ हजार २१२
इन्डोनेसिया -२८ लाख ३२ हजार ७५५ ७२ हजार ४८९
मेक्सिको – २६ लाख ५४ हजार ६९९ दुई लाख ३६ हजार २४०
युक्रेन -२३ लाख १७ हजार १९८ ५५ हजार १५१
दक्षिण अफ्रिका -२२ लाख ८३ हजार ८८० ६६ हजार ६७६
पेरु -२० लाख ९२ हजार १२५ एक लाख ९५ हजार ४७
नेड्रल्याण्ड -१८ लाख १६ हजार ६८९ १८ हजार ६०
-रासस










