होमपेज » राजनीति » माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित

सोमबार, १८ श्रावण २०७८, ११:२८

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

 

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेताहरुको कार्यव्यस्तताको कारण अर्को सूचना जारि नभए सम्म आजको बैठक स्थगित गरिएको बताए।

 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णरुप पाउन सकेको छैन। हाल सम्म
माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भईसकेका छन्,भने माओवादीले पाउने अन्य केहि मन्त्रीमा अझै टुंगो लगाउन सकेको छैन।एक नेताको अनुसार आजको बैठकबाट सरकारमा जाने मन्त्रीहरु टुंगो लगाउने तयारी रहेको बताए। ।