काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा आज थप तीन हजार २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ७२२ सङ्क्रमणमुक्त पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भइसकेको छ ।
उपत्यकामा ७०१ सङ्क्रमित
काठमाडौँ उपत्यकामा आज थप ९१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । अघिल्लो दिन काठमाडौँ उपत्यकामा जम्मा ७०१ जना सङ्क्रमित थपिएका थिए । शुक्रबार काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना सङक्रमित थपिएका थिए । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको मन्त्रालयले जनाएको छ ।










