होमपेज » सुरक्षा अपराध » बर्दियामा सशस्त्रको तस्करी लाइन

बर्दियामा सशस्त्रको तस्करी लाइन

शुक्रबार, २९ श्रावण २०७८, १४:४१

गुलरिया । सशस्त्र प्रहरी बलको सेटिङमा बर्दियाबाट तस्करीको लाइन खुलेको छ । एसपी नर बहादुर राउत र उनले अति बिश्वास गर्ने महिला प्रहरी अमृता मल्लले तस्करीको सेटिङ मिलाउने गरेको र तस्करीको रकम उठाउने काम घुमुपा राम सुरद चौधरीले गर्दै आएका छन् । एसपी राउतको तस्करीको लाइन पाउनेमा मटर (केराउ) को तस्करी गर्ने मिथिलेश र काठको तस्करी गर्ने रामचन्द्र छन । यिनीहरूले सानो सिढी नाकाबाट तस्करीको काम गर्दै खाएका थिए ।

 

त्याहां जनताले घेरेर तस्करीको बिरोध गरेपछि अहिले कालापन्जरी नाकाबाट तस्करी गरिरहेका छन् । तस्करी मिलाउने काम अमृताले गर्दै आइरहेकी छिन् । एसपी राउतले धेरै बिबाद आएपछि घुमुवा रामसुरद चौधरीलाई फुटवा स्थित बिओपीमा पठाएका छन् । तर घुमुवा त्याहां हुँदैनन् उनले जिल्ला भरिका तस्करहरूको रकम संकलन गरेर एसपी राउतलाई बुझाउने गरेका छन् । सशस्त्रको बर्दिया गणमा सलामी खान भन्ने शुव्द निकै चर्चित छ । त्यो किन हो धेरैलाई थाहा पनि छैन ।