काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य बढेको छ ।
गत असार मसान्तसम्ममा बैंकले ४१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१८ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी ३४ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.१२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ४८.५७ प्रतिशत र कर्जा ४४.३० प्रतिशत बढेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ९० पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ ।










