होमपेज » अन्तर्राष्ट्रिय » अफगानिस्तानमा कुन तालिवानी नेताले राज गर्लान त ?

अफगानिस्तानमा कुन तालिवानी नेताले राज गर्लान त ?

सोमबार, ३२ श्रावण २०७८, १२:०१

अफगानिस्तानमा बिद्रोह गर्दै आईरहेका तालिवानले अन्तत राजधानी काबुललाई समेत कब्जामा लिएको छ । तालिवानले राजधानी काबुल समेत अन्य प्रमुख शहरहरुलाई नियन्त्रणमा लिईसकेको छन।

 

 

काबुल समेत कब्जामा लिएपछि रास्ट्रपति अशरफ घानी र उपराष्ट्रपति अमीरुल्लाह सालेहले देश छाडिसकेका छन् । सत्ता ढलेसँगै अब अफगानिस्तानको सत्ता तालिवानीले राज गर्ने भएको छ। तालिवानी समुहमा कुन नेताले सत्ता सम्हाल्लान् भन्ने सर्बत्र चर्चा चलिरहेको छ।
बीबीसीका अनुसार तालिवानको नेतृत्व गर्दै आएका मुल्ला अब्दुल घानी बरादर र हिब्तुल्लाह अखुदजादा मध्ये एकले सत्ता सम्हाल्न सक्ने जनाएको छ ।

 

को हुन् मुल्ला अब्दुल घानी बरादर ?

मुल्ला अब्दुल घानी बरादर सन् १९९४ मा तालिवान समूहको गठन गर्ने चार जनामध्ये एक नेता हुन् । मुल्लासहित अन्य तीन जना मिलेर तालिवान समूहको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हराएपछि उनी नेटो सैन्य बलको विरुद्ध विद्रोहको प्रमुख बनेका थिए ।

 

 

पछि सन् २०१० को फेब्रअरीमा अमेरिका र पाकिस्तानले गरेको संयुक्त अभियानमा उनी पाकिस्तानको कराँची शहरबाट पक्राउ परेका थिए ।
सन् २०१३ को सेप्टेम्बरमा पाकिस्तानी सरकारले उनलाई रिहा गरिदिएको थियो । तर, त्यसपछि उनी पाकिस्तानमै रहे वा अन्यत्र गए भन्ने विषय भने अस्पष्ट थियो ।

 

 

इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरुजगान प्रान्तको देहरावुड जिल्ला वीटमाक गाउँमा सन् १९६८ मा भएको थियो । उनको सम्बन्ध दुराणी आदिवासी समुदायसँग भएको अनुमान गरिन्थ्यो । पूर्वराष्ट्रपति हामिद करजई पनि दुराणी थिए ।

 

को हुन् हिब्तुल्लाह अखुदजादा ?

हिब्तुल्लाह अखुदजादा अफगानिस्तानको तालिवानका नेता हुन् । इस्लाम धर्मका विद्वान उनी कन्दाहारसँग सम्बन्ध राख्छन् । उनले तालिवानलाई दिशानिर्देश गरेको र वर्तमान अवस्थासम्म ल्याएको विश्वास गरिन्छ । काबुलपछिको सबैभन्दा ठूलो शहर कन्दाहारमा तालिवान समूहको पकड बनाउन उनको ठूलो हात छ ।

 

 

सन् १९८० को दशकमा उनले सोभियत संघको विरुद्ध अफगानिस्तानको विद्रोहमा कमाण्डरको भूमिका निर्वाह गरेका थिए । तर, उनको परिचय सैन्य कमाण्डरभन्दा धार्मिक विद्वानको रुपमा दिइन्छ । उनी अफगानिस्तानको तालिवान समूहको शीर्षनेता बन्नुअघि धर्मसँग जोडिएका तालिवानका सबै आदेशहरु दिने गर्थे ।

 

 

करिब आठ वर्ष हिब्तुल्लाहले अफगानिस्तानमा बिताए । उनको क्वेटामा शुरा समूहसँग पनि नजिकको सम्बन्ध रह्यो । हिब्तुल्लाहको नाम मायने हो । उनी नुरजाई कबीलेसँग सम्बन्ध राख्छन् ।

 

-बिबिसी