होमपेज » अन्तर्राष्ट्रिय » जापानको आईची केनमा कोरोना संक्रमित बढ्दै

जापानको आईची केनमा कोरोना संक्रमित बढ्दै

मंगलवार, १ भाद्र २०७८, १७:२३

नागोया। जापानको राजधानी टोकियो लगायत अन्य शहरहरुमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या उकालो लाग्दै छ।

 

 

जापानको आईची केनमा केहि दिन ओरालो लागेको संक्रमितको संख्या मंगलबार फेरी उकालो लागेको छ। मंगलबार ९०० भन्दा बढी संक्रमित संख्या थपिएको छ। आईची केनका अधिकारिहरुका अनुसार एकै दिनमा यति धेरै संख्या भेटिएको यो पहिलो पटक हो।

 

 

आइचीमा हालसम्म कोरोना संक्रमितको संख्या ६१,९०७ पुगेको छ।