काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आज संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ ।
पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले उपाध्यक्षसमेत रहेका एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको छ।










