होमपेज » समाचार » आज थप २ हजार ५२५ संक्रमित,३५ जनाको मृत्यु

आज थप २ हजार ५२५ संक्रमित,३५ जनाको मृत्यु

मंगलवार, ८ भाद्र २०७८, १७:२६

काठमाडौँ। पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै मंगलबार २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

 

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । नेपालमा मृत्‍यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ।