काठमाडौँ। लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज बल्खुस्थित बयोधा अस्पत्तालमा निधन भएको छ ।
गायक टुहुरेको ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ नामक गीतबाट प्रसिद्धिको शिखरमा पुगेका टुहुरे यहि गीतबाट सबैको लोकप्रिय बन्न सफल भएको थियो।
गायक टुहुरे संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष पनि हुन् ।










