होमपेज » समाचार » रूपन्देहीमा ३१ भदौसम्म निषेधाज्ञा

रूपन्देहीमा ३१ भदौसम्म निषेधाज्ञा

मंगलवार, १५ भाद्र २०७८, १८:३२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरातसम्मका लागि लम्ब्याइएको हो ।

यस बीचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको हो ।

डिसीसीएमसीको बैठकले निषेधाज्ञा जिल्लामा जारी निषेधाज्ञा भदौ ३१ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले बताए ।