टोकियो। जापानका प्रधानमन्त्री योशीहिदे सुगाले आगामी पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने बताएका छन् ।
आगामी सेप्टेम्बर २९ मा हुन लागेको सत्तारुढ एलडीपीको आफ्नो पार्टीको नेतत्व छान्ने निर्वाचनमा प्रधानमन्त्री सुगाले भाग नलिने निर्णय गरेका छन्। साथै उनले यो महिना भित्रै प्रधानमन्त्री पद पनि छाड्न सक्ने संकेत गरेका छन्।
लोकप्रिय प्रधानमन्त्री सिन्जो आबेले आफु अस्वस्थको कारण प्रधानमन्त्रि पदबाट राजिनामा दिएपछि सुगा जापानको प्रधानमन्त्री बनेका थिए।
जापानमा अहिले पनि कोरोना संक्रमणको दर उच्च गतिमा फैलिरहेको छ। कोरोना संक्रमण दर उच्च भएकोले जापानको विभिन्न शहरहरुमा अझै आपतकाल लगाईएको अवस्था छ । कोरोनाको खोप अभियान निकै सुस्त गतिमा चलाएको र कोरोना महामारी चलिरहेको समयमा पनि ओलम्पिक खेल आयोजना गरेको भन्दै प्रधानमन्त्री सुगाको आलोचना भइरहेको छ ।










