काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसै गरि कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएर घर फर्केका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।










