होमपेज » हेडलाइन » एमसीसी सम्झौतामा परिमार्जन

एमसीसी सम्झौतामा परिमार्जन

सोमबार, २१ भाद्र २०७८, १४:५२

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथिको बहस लगभग अन्तिम चरणमा पुगेको छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसीबारे दुईवटा नीति लिएको छ, पहिलो यसमा रहेका कतिपय बुँदालाई परिमार्जन गरेर पारित गर्ने । दोस्रो राष्ट्रिय सहमति जुटाएर मात्रै यसबारे निर्णय लिने ।

 

नेपालमा एमसीसी सम्झौताको चर्को विरोध हुन थालिसकेपछि अमेरिका पनि यसलाई परिमार्जन गर्न लगभग तयार देखिएको बुझाइ नेपाल सरकारका अधिकारीहरुको छ । एमसीसीका दुईजना प्रतिनिधिलाई नेपाल पठाउनुअघि नै अमेरिकाले परिमार्जन गरिनुपर्ने बुँदाहरु नेपाल सरकारसँग मागिसकेको छ । र, नेपालले ११ बुँदामा समेटेर सम्झौतामाथि प्रश्नहरु उठाएको छ ।

 

नेपालले पठाएका बुँदामाथि एमसीसीको मुख्यालयमा छलफल गरिसकेपछि त्यसैको निष्कर्ष बोकेर यो साता एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपाल भ्रमण आउँदैछन् ।