काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच आज बिहान भेटवार्ता भएको छ ।
भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली आज बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
बिहीबार नेपाल आएलगत्तै सुमारले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता सुरु गरेकी उनले बिहीबारै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरेकी थिइन् ।










