होमपेज » आदिवासी-जनजाति » घेदुङद्वारा तामाङ व्यक्तित्वलाई स्वागत सम्मान

घेदुङद्वारा तामाङ व्यक्तित्वलाई स्वागत सम्मान

बुधबार, १८ चैत्र २०७७, २२:४५

नेपाल तामाङ घेदुङ सर्लाही हरिवनद्वारा तामाङ व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

सोमबार घेदुङद्वारा एक कार्यक्रम गरी भाषाविद् अमृत योञ्जन-तामाङ‚ मातृभाषा शिक्षा शाखा प्रमुख डा. लोकबहादुर‚ सर्लाहीका सिडिओ हेमराज तामाङलार्इ स्वागत एवं सम्मान गरेका हुन् ।

घेदुङले तामाङ समुदायको भाषा संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याएबापत भाषाविद् योञ्जनलार्इ सम्मान गरेका हुन् ।

भाषा तथा शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै डा. लोप्चनलार्इ सम्मान गरेका हुन् ।

यस्तै सिडिओ तामाङलार्इ सर्लाहीको ४९ अाै‌ प्रमुख जिल्ला अधिकारी (सिडिओ) जिम्मेवारी सम्हालेसँगै स्वागत तथा सम्मान गरेको घेदुङले जनाएको छ ।

कार्यक्रम सर्लाही घेदुङका अध्यक्ष राजु लोको सभाध्यक्षमा सम्पन्‍न भएको हो ।