होमपेज » मनोरञ्जन » गीत/संगीत » रेश्माको नयाँ सेलो ‘मूगाको माला’ सार्वजनिक (भिडियो)

रेश्माको नयाँ सेलो ‘मूगाको माला’ सार्वजनिक (भिडियो)

बिहीबार, १५ पुष २०७८, १७:१३

काठमाडौँ। चर्चित गायिका रेश्मा बमजनको नयाँ सेलो म्युजिक भिडियो ‘मूगाको माला’ बुधबार नयाँ बानेश्वरमा एक कार्यक्रमबिच सार्वजनिक भएको छ ।

 

बमजनको स्वरमा रहेको गीतमा शब्द कुमार स्याङ्बा, सङ्गीत चन्द्रकुमार दोङ, एरेन्ज फणीन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ ।
युवराज वाईबको निर्देशनमा तयार पारिएको भिडियोमा सागर प्रधानले छायाङ्कन र विकेश दाहालले सम्पादन गरेका छन् ।

 

भिडियोमा निरान्जली, कुन्सङ र रजनीले फिचरिङ गरेका छन् । आफ्नो नयाँ सेलो म्युजिक भिडियो सार्वजनिक भएसंगै फेरी सेलो गीत सङ्गीतको क्षेत्रमा एउटा कोसेली थपेको गायिका बमजनले बताइन् ।

 

पद्मकन्या क्याम्पसबाट बिम्युज गरेकी गायिका बमजनले यसअघि यो कान्छीको, के सारो हेरेको, डम्फु र सेलो, सोल्टिनी मैच्याङ, तामाङकी चेली, गोरी गोरी मैच्याङ‘, अम्मैले होइ‘ लगायतका गीतहरूमा आफ्नो सुमधुर आवाज दिइसकेकी छिन् ।

 

कार्यक्रममा गायक चन्द्रकुमार दोङ, संजीब वाइबा लगायत उपस्थित रहेका थिए ।

 

https://youtu.be/pIZqHw9LefY