होमपेज » समाचार » पाल्पा बस दुर्घटना, आठको मृत्यु

पाल्पा बस दुर्घटना, आठको मृत्यु

आईतवार, १८ पुष २०७८, १४:४१

पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । अन्यलाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताउनुभयो ।

 

घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ ।