होमपेज » अन्तर्राष्ट्रिय » नेत्री सुकीलाई थप जेल सजाय

नेत्री सुकीलाई थप जेल सजाय

सोमबार, २६ पुष २०७८, १५:४९

याङ्गुन। म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ। नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ ।

 

हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् । स्रोतले एएफपीलाई दिएको जनाकारी अनुसार ७६ वर्षीय वृद्धालाई अवैध रूपमा वाकी-टकीहरू आयात गर्ने र स्वामित्व राख्ने र कोरोनाभाइरस नियमहरू उल्लंघन गरेको दुई आरोपमा दोषी ठहराइएको छ ।

 

जुनटाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन् ।

रासस