काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ ।
एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई सङ्क्रमण भएको र उहाँ हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहनुभएको छ ।










