टोक्यो। जापानमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लागू गरिएको अर्ध–आपतकाल मंगलबारदेखि पूर्ण रुपमा हटेको छ । देशको ४७ वटा प्रिफेक्चरहरु मध्ये १८ प्रिफेक्चरमा लगाइएको अर्ध–आपतकाल मंगलबारबाट पूर्ण रुपमा हटाइएको हो ।
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तिब्र गतिमा बढ्न थालेपछि जापानले जनवरी ९ मा ओकिनावा र अन्य दुई प्रिफेक्चरलाई अर्ध–आपतकालीन अवस्थामा राखेको थियो । त्यस यताका दिनहरुमा संक्रमणको संख्यालाई हेरेर विभिन्न प्रिफेक्चरहरुमा अर्ध–आपतकाल थपिने र हट्ने क्रम चलिरहेको थियो।
फेब्रुवरी अन्त्य सम्म अधिकांस प्रिफेक्चरहरुमा कोरोना भाइरसको संख्या नियन्त्रणमा आएपछि अर्ध–आपतकाल हटाए पनि राजधानी टोक्यो लगायत अन्य १८ वटा प्रिफेक्चरहरुमा मार्च २१ तारिख सम्मलाई अर्ध–आपतकाल जारी राखेको थियो।










