होमपेज » समाचार » हर्क साङपाङलाई भेट्दै नेता तथा समाजसेवी सन्तकुमार तामाङ

हर्क साङपाङलाई भेट्दै नेता तथा समाजसेवी सन्तकुमार तामाङ

शनिबार, १४ जेष्ठ २०७९, १८:५९

नुवाकोट । समाज परिवर्तन र जनताको एजेण्डा बोकेर सामाजिक कार्य गर्दै आइरहेका धरानका हर्क साङपाङ धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उम्मेद्वारको रुपमा मेयर पद हासिल गरेपछि उनलाई परिवर्तनको संवाहकको रुपमा हेरिएको छ । साङपाङको निर्वाचन पछि स्थानीय तह, जनता र मुलुकका लागि केही गरौं भन्ने जुझारु समाजसेवीहरु तथा बुद्धिजीवीहरुले साङपाङबाट सबैले सिक्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

राजनीतिक दलको नेतृत्वले गर्दा पार्टी मात्र नभई परिवर्तन चाहने नेता तथा कार्यकर्ताहरु पनि बद्नाम भइराखेका छन् । उनीबाट केही सिक्ने र आफुले स्थानीय तहमा जानेबुझेका तथा सिकेका कुराहरु आदानप्रदान गर्ने क्रममा शिवपुरी गाउापालिका वडा नं. ६ का नेपाली कांग्रेसका उपसभापति तथा समाजसेवी सन्तकुमार तामाङ र उनको टोलीले धरानका स्वतन्त्र उम्मेद्वार हर्क साङपाङस“ग भेटघाट गरेका छन् । उक्त टोलीले हर्क अबको नेतृत्वमा धेरै हर्क साङपाङहरु जन्मिनु पर्ने र मुलुकका लागि काम गर्ने अठोट भएका युवाहरुको नेतृत्वको आवश्यकता रहेको बतायो ।

 

हर्क साङपाङको सोचबाट प्रभावित भई आफुहरुले भेट्न र बधाई दिन चाहेको तामाङले बताउ“दै धरानमा भेटघाट गरी अनुभव आदानप्रदान गरेका छन् । तामाङ र उनको टिमले सामाजिक सञ्जालमा हर्क साङपाङको जितलाई लिएर चर्चा भइरह“दा आफु पनि उनको तारिफ गर्न आफुहरु पछि नहटेको बतायो । साथै, साङपाङको जितलाई लिएर तामाङ र तामाङको टिमले सफल कार्यकाल र परिवर्तनका लागि शुभकामना व्यक्त पनि गरेका छन् ।