काठमाडौं । नेपाली चर्चित गायिका मेलिना राई र मबिन्द्र राईको स्वर रहेको ‘चौबन्दी चोली’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । मबिन्द्र राईकै शब्द संकलन रहेको उक्त गीतमा लुमन स्थापितले संगीत दिएका छन् ।
योमन वेभले युट्युबमा सार्वजनिक गरेको म्युजिक भिडियोको कोरियोग्राफी सिर्जना राईले गरेकी छिन् । मविन्द्र राई र सिर्जना मगरको अभिनय रहेको ‘चौबन्दी चोली’ बोलको म्युजिक भिडियोको सम्पादन विवेक विकले गरेका छन् । यस म्युजिक भिडियोको प्रोजेक्ट म्यानेजर सन्तोष कुँवर हुन् ।











