होमपेज » समाचार » ककनी ‘भँगेरी पिप्लेखेत’ को रोपाइँमा बुद्धि तामाङ, विजय लामा र सुमी आउँदै

ककनी ‘भँगेरी पिप्लेखेत’ को रोपाइँमा बुद्धि तामाङ, विजय लामा र सुमी आउँदै

मंगलवार, १४ असार २०७९, ०९:१६

ककनी। नुवाकोटको ककनी गापामा रहेको ‘भँगेरी पिप्लेखेत’ मा रोपाइँ कार्यक्रम अर्थात् ‘धान दिवस’ मनाउने भएको छ । यही असार १५ गते एक्सप्लोर ककनीको आयोजना र ककनी गापा वडा नम्बर ७ को संयोजनमा मनाउने भएको हो ।

 

 

विगत चार वर्षदेखि मनाउँदै आएको धान दिवसलाई यस वर्ष पनि निरन्तरता दिने ककनी गाउँपालिका -७ नुवाकोटका वडाध्यक्ष रामकृष्ण तामाङले जानकारी दिए ।

 

 

वडाध्यक्ष तामाङका अनुसार दिवसको रूपमा मनाउँदा संस्कृतिको जगेर्ना हुनुका साथै कृषि अन्तर्गत सबैलाई एकिकृतरुपमा जोड्ने भएकोले यस दिवस मनाउँदै आएको र आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने बताए ।

 

कार्यक्रममा स्थानीय किसान र गाउँलेको माझ चर्चित अभिनेता बुद्धि तामाङ, वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामा र मोडल तथा अभिनेत्री सुमी मोक्तानको उपस्थिति रहने छ ।