होमपेज » हेडलाइन » आज ५६४ जना कोरोना संक्रमित थपिए

आज ५६४ जना कोरोना संक्रमित थपिए

बुधबार, ११ श्रावण २०७९, १७:१२

काठमाडौं । दैनिकजसो बढिरहेको संक्रमितको संख्या बढ्ने क्रम छ । बुधबार ५६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टामा एक जना कोभिड १९ संक्रमितले ज्यान गुमाएका छन् ।

 

मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले २४ घण्टामा देशभरमा भएको कुल चार हजार ४५४ नमुना परीक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको बताएका छन् । उनका अनुसार ती मध्ये दुई हजार ७७८ जना पीसीआर परीक्षण गरिएकोमा ४१८ जना र एक हजार ६७६ एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको छ ।