होमपेज » राजनीति » प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता

प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता

सोमबार, ८ फाल्गुन २०७९, २०:४५

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल आज सोमबार पोखराबाट काठमाडौँ आउनु भएलगत्तै सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुबै नेताबीच भेटवार्ता भएको हो ।

 

उहाँहरूबीच करिब एक घण्टा भेटवार्ता भएको बताइएको छ । यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताबीच भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री दाहाल नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुग्नुभएको थियो ।