नागोया। अंगेजी नयाँ वर्षको पूर्वसन्ध्यमा नेपाली र्यापर (दोङ)को जापानको नागोयामा “दोङ लाईभ ईन नागोया“ सांगितिक कार्यक्रम हुने भएको छ।
पछिल्लो समय नेपाली युवा पुस्तामाझ लोकप्रिय र्यापर महेश दोङ सांगीतिक कार्यक्रमबाट निकै महँगो शुल्क लिने र्यापरमा गनिन्छन । त्यसैले देशविदेशको सांगीतिक कार्यक्रममा उनको निकै माग छ। दश टाउके रावण ,सक्दिनलगायत अधिकाशं हिट गीत दिएका महेश दोङ नेपाली हिपहप क्षेत्रमा (दोङ) नामबाट निकै चर्चित छन्।
आगामी डिसेम्बर ३० तारिख शनिबारका दिन बेलुका ४ बजेदेखि नागोयाको सकाए स्थित निशिकी–कू टिभि टावर अगाडीको उतागेमा “दोङ लाईभ ईन नागोया“ सांगीतिक कार्यक्रममा दोङलाई अन्य स्थनीय कलाकारहरु राजिव लामा, प्रदिप तामाङ र आफ्टर पार्टीमा नागोयाको चर्चित क्लबहरुमा डिजे प्रस्तुति दिईसकेका डिजे लाहूरेलगायतले सथ दिनेछन।
“द हिमालयन प्रोडक्सन” समुहले आयोजना गरेको उक्त सांगितिक कार्यक्रमलाई “दोङ लाईभ ईन नागोया“ नाम दिइएको छ । यो समूहले जापानको नागोयामा विगतमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । उक्त सांगीतिक कार्यक्रमको टिकटका लागि बिद्यार्थीलाई सहुलियत सहित ३ हजार, सर्वसाधन ४ हजार र भिआईपी पासका लागि १० हजार एन् निर्धारण गरीएको र वन ड्रिंकको निःशुल्क व्यवस्था समेत रहेको साथै टिकटका लागि नागोया शहरमा रहेका प्रत्येक नेपाली रेष्टुरेण्ट र हलाल फूडमा पाईने व्यवस्था गरीएको आयोजकले बताए ।

साथै र्यापर दोङको जापानको नागोयालगायत अन्य विभिन्न शहर टोकियो,फुकुओका लगायतका शहरहरुमा प्रस्तुति रहने छ।













