होमपेज » प्रवास » किराँत राई यायोक्खा तोकाई, जापानले साकेला उभौली तथा बार्बिक्यु कार्यक्रम गर्दै

किराँत राई यायोक्खा तोकाई, जापानले साकेला उभौली तथा बार्बिक्यु कार्यक्रम गर्दै

शनिबार, ५ जेष्ठ २०८१, ०९:१२

नागोया। किराँत राई यायोक्खा तोकाई, जापानले साकेला उभौली तथा बार्बिक्यु कार्यक्रम गर्ने भएको छ। यहि मे- २६ तारिख आईतबार नागोयास्थित शोनाई र्योकुची पार्कमा किराँत राईहरूको प्रमुख चाडका रूपमा मनाउने उभौली पर्व साथै बार्बिक्यु कार्यक्रमको आयोजना गरेको सचिव बिजेता राईले बताईन ।

 

आइची,गिफु र मिए केनमा बस्नु हुने सम्पूर्ण किराँत राई समुदायलाई कार्यक्रममा उपस्थित हुन सचिव राईले अनुरोध गरेकी छिन।

 

 

किराँत राई समुदायको महत्त्वपूर्ण पर्व भएकाले प्रवासमा रहेकाले पनि आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण गर्नु पर्ने हेतुले २०१४ मा स्थापना भएको किराँत राई यायोक्खा तोकाई, जापानले स्थापनाकाल देखिनै साकेला उभौली, उधौली पर्व र अन्य बिविध कार्यक्रम गर्दै आईरहेका छन्।