नागोया। नेपाल आदिवासी जनजाति महासंघ जापान क्षेत्रीय समिति नागोयाको चौथो अधिवेशन सम्पन्न भएको छ । जापानको नागोयास्थित नाकागावा वार्डको हलमा आईतवार सम्पन्न अधिवेशनले अमरजङ गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सोनाम दोर्जे सेर्पा, मान बहादुर तामाङ, रमेश श्रेष्ठ चयन भएका छन् भने महिला उपाध्यक्षमा मिकफुङ अन्छङबो लिम्बु र निशा राई चयन भएकी छिन। सचिवमा नरेश राई, सह-सचिवमा केहरसिङ राना मगर, कोषाध्यक्षमा राजु लामा, सहकोषाध्यक्षमा प्रेम गुरुङ र प्रवक्तामा जेबि गुरुङ चयन भएका हुन् ।
त्यसैगरी, अधिवेशनले सदस्यहरुमा सुरेश लिङदेन, निङछु लिम्बु, दिनेश गुरुङ, अनुप गुरुङ, तिर्थ मोक्तान, गरिमा राना मगर, स्वीकृति पुन मगर, झरना थापा मगर, मनोज राई, बालज्योती राई, रोशन राई, रश्मी जोशि र प्रतिक्षा लामालाई चयन गरेको छ।
कार्यसमितिले बिजेता राईलाई सांस्कृतिक संयोजकमा चयन गरेका छन्। अध्यक्ष गुरुङका अनुसार सल्लाहकारमा समितिको पहिलो बैठक बाट मनोनित गर्ने बताए। प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यमबाट चयन गरेको कार्यसमितिमा सबै एकल जातीय संघसंस्थाहरु र साधारण सदस्यहरुलाई सहभागिता गराइएको थियो ।
उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ प्रवास शाखा जापानका अध्यक्ष सुकुमान तामाङ, विशेष अतिथिहरुमा जनजाति महासंघ प्रवास शाखा जापानका निवर्तमान अध्यक्ष सुमन लिम्बु, जनजाती महासंघ क्षेत्रीय समिति नागोयका निवर्तमान अध्यक्ष कौडा बुडा मगर ,सबिन राई, एन आर एन ए अभियन्ताहरु दीपक कार्की, रोविन्द श्रेष्ठ, बिष्णु घिमिरे, श्याम शितल श्रेष्ठ, एन आर एन ए जापान क्षेत्रीय समिति नागोयाको संयोजक भेषनाथ गौतम, उप-संयोजक योमन देवान, देव घिमिरे, तामाङ समाज क्षेत्रीय समिति नागोयाको अध्यक्ष हरि दोङ्ग तामाङ, मगर संघ जापान क्षेत्रीय समिति नागोयाको अध्यक्ष याम पाइजा मगर लगायत अन्य व्यक्तिहरुको समेत उपस्थिति थियो।











