नागोया। नेपाली कथानक चलचित्र ‘मनसरा’ जापानको नागोयामा रिलिज हुने भएको छ । नौटंकी नागोयाको टिमले नागोयाको मिडल्याण्ड स्क्वायरमा आगामी अक्टोबर २ तारिख चलचित्रलाई प्रदर्शन गर्न लागिएको हो।
चलचित्र ‘मनसरा’ गत वैशाखमा अल नेपाल रिलिज भएर राम्रो ब्यापार गर्न सफल चलचित्र केहि समय पहिले जापानको विभिन्न शहरहरुमा प्रदर्शनमा आईसकेका चलचित्र हो।
यो पटक जापानमा रहेका नेपाली दर्शकले २ घण्टा २० मिनेट लामो रनटाइमको यो चलचित्रलाई जापानी सबटाइटलमा समेत हेर्न पाउनेछन् । आयोजकका सदस्य उज्ज्वल गुरागाईले भने, यो पटक चलचित्र हेर्न नेपाली दर्शकका साथसाथै जापानीहरुको पनि बाक्लो उपस्थिति रहने छ। जापानीहरुलाई मध्यनजर गरि चलचित्रलाई जापानी सिनेमा हलमै जापानी सबटाइटलमा देखाउन लागिएको बताए।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रमा अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धलाई प्रस्तुत गरेका छन्। मिरुना मगर, दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान लगायत कलाकारको मुख्य अभिनय रहेको छ । सुब्बालेनै निर्देशन गरेका चलचित्र ‘जारि’ गतवर्ष नेपाली चलचित्र क्षेत्रमै सर्वाधिक कमाई गर्न सफल भएको थियो।










