काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार चैत ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो।
यस गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् चैत ८ गते सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको भन्दै आगामी दिनमा मूल्यमा थप परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।