होमपेज » आर्थिक » टाटा मोटर्सको “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आजदेखि सुरु

टाटा मोटर्सको “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आजदेखि सुरु

शुक्रबार, १ जेष्ठ २०८३, १४:०७

काठमाडौं । Tata Motors का लागि नेपालको आधिकारिक वितरक Sipradi Trading Pvt. Ltd. ले आजदेखि “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गरेको छ। क्याम्प जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ।

ग्राहकलाई आधुनिक, सुरक्षित तथा विद्युतीय सवारीसाधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस विशेष एक्सचेन्ज क्याम्पमा विभिन्न आकर्षक सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार क्याम्पअन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन्।

क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय (ईभी) तथा आइसिई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन्। ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्डद्वारा प्रदान गरिने जानकारी दिइएको छ। देशभर रहेका टाटा मोटर्सका शोरुममा पुगेर यस अवसरको लाभ लिन कम्पनीले ग्राहकहरूलाई आग्रह गरेको छ।