काठमाडौं ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले स्थापना गरेको उपत्यका प्रदेश कोभिड राहत कोषमा रकम जम्मा हुन थालेको छ ।
कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय गर्न सो राहत कोष बनाइएको हो।
कोषमा हालसम्म रु १ लाख १८ हजार रुपैयाँ जम्मा भएको महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष तथा राहत कोषका संयोजक अर्जुन पन्तले जानकारी दिए ।
संयोजक पन्तको अनुसार कोषमा अध्यक्ष श्रीजन झाले ५ हजार ,उपाध्यक्ष वीरबहादुर लामाले १० हजार, महसचिब टेनिस रोकाले ५ हजार सचिव रोशनराज पाण्डेले १० हजार सहयोग गरेका छन् । त्यसै गरि संयोजक पन्तले ५ हजार र कार्यसमिती सदस्य अर्जुन बहादुर तामाङले ५ हजार सहयोग गरेका छन् ।
साथै उक्त कोषमा काठमाडौ शाखाका अध्यक्ष सूर्य सुवेदीले १० हजार ,केटीएम दैनिकी सम्पादक निशा ओलीले ५ हजार र काठमाडौ कार्यसमिति सदस्य शैलेश डगोलले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रदेश समितिको बैठकको निर्णयअनुसार कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर संक्रमण भइ अस्पताल भर्ना भएका कोभिड संक्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने संयोजक अर्जुन पन्तले बताए । साथै महामारीमा फ्रन्टलाइनमा रहेर कार्यसम्पदन गर्ने पत्रकारहरुको हकमा राज्यले कुनै पनि कार्यक्रम दिन नसकेकाले संस्थाको तर्फबाट यो पहल थालिएको बताउँदै उनले यो अभियानमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन समेत दिए ।










