होमपेज » समाचार » सशस्त्र प्रहरीको सेटिङमा ल्याएकोे मल बरामद

सशस्त्र प्रहरीको सेटिङमा ल्याएकोे मल बरामद

शनिबार, २५ बैशाख २०७८, १९:२२

कञ्चनपुर । सशस्त्र प्रहरी बलको सेटिङमा ल्याएको तस्करीको मल नेपाल प्रहरीले बरामद गरेको छ । सशस्त्रका गणपतिलाई बेलौरी स्थित बिओपी प्रमुखले मासिक रकम बुझाउनु पर्ने भए पछि उक्त बिओपीको सेटिङमा तस्करी चालुभएको थियो । यसैक्रममा तस्करीको मल नेपाल प्रहरीले बरामद गरेको छ । सशस्त्रको संरक्षणमा अहिले कोरना कहरमा पनि कन्चनपुरका नाकाबाट तस्करी रोकिएको छैन । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा अबैध रुपमा भेटिएको मल बरामद गरेको छ ।

 

बेलौरी नगरपालिकाको वडा नम्बर १० सडकघाटमा प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक लोकेश नाथको कमाण्डममा खटिएको टोलीले बिहीवार राती दुइ बजे बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक नाथको कमान्डले गस्ती गरिरहेको अवस्थामा दुई थान भारतिय ट्रलीमा लोड गरिएको भारतिय युरिया मलखाद बरामद गरिएको प्रहरी साहयक निरीक्षक नाथले बताए । ट्र्याक्टर सहित नेपाली सिमा भित्र पसेको मलखादलाइ ट्र्याक्टरले ट्रली छाडेर भागेको उनले बताए। कोभिडको दोश्रो भेरियन्टका बेला लकडाउनको समय भारतिय नाकाहरु बन्द गरिए अबैध रुपमा समानहरु भित्रिने गरेको छ ।

 

कोरोना महामारीले मुलुकलाई आक्रान्त पारेको छ । कोरोनाले मध्यपश्चिमको नेपालगंज र सुदूरपश्चिम क्षेत्रमा भयावह रुप लिइरहेको छ । भारतमा कोरोना महामारीले दैनिक सयौंको ज्यान लिनेक्रम बढेपछि नेपाली नागरिकहरु फर्किन थालेका छन् । भारतबाट फर्किएका नेपालीका कारण पनि कोरोना महामारी फैलिइरहेको छ ।यस्तो बेलामा सीमा सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरीका हाकिमहरु भने तस्करहरुसँग मिलेर लाभ लिन तल्लीन छन् । सशस्त्रका हाकिमहरुले सीमाबाट भन्सार छली नियन्त्रण गरी राजस्व बृद्धि गर्न भूमिका खेल्नुपर्नेमा त्यसबिपरीत तस्करीलाई प्रोत्साहित गरेको आरोप छ ।कन्चनपुरमा सशस्त्र प्रहरीको सेटिङमा तस्करी चलिरहेको छ । सशस्त्र प्रहरीका एसपी वीरेन्द्र ऐरको निर्देशन र सेटिङमा बेलौरी र चाँदनीदोधाराबाट ठूलो तस्करी चलिरहेको छ । यी ठाउँका बिओपीका निरीक्षकको सहयोगमा यी नाकाबाट कपडा, मोटरपार्टस र किरानाका सामानहरूको तस्करी चलिरहेको छ । यसबापत सशस्त्रका एसपी ऐर र बिओपीका निरीक्षकहरूले तस्करहरुसँग दररेट तोकेर असुली गर्ने गरेको आरोप लागेको छ ।

 

गण मातहतका बिओपीहरूमा ६–६ महिनामा प्रहरी कर्मचारी परिवर्तन गर्नुपर्नेमा एसपी ऐरले आफ्नो स्वार्थ पूरा नगर्ने र भने अनुसारको आर्थिक कारोवार नगर्नेलाई २÷३ महिनामा नै हटाउने अनि आफ्नो अनुकूलको र टेण्डर कबोल गरेर जानेलाई पठाउने गरेको आरोप समेत लाग्दै आएको छ ।दोधरा चाँदनीको पुलमा हिंड्ने मान्छे भन्दा सामान तस्करी गर्नेहरूको संख्या दोब्बर देखिन्छ । बेलौरी, दोधरा चाँदनी, त्रिनगर लगायतका बिओपीले गणपतिलाई मासिक रूपमा दररेट बुझाउने गरेका छन् ।