होमपेज » हेडलाइन » ओलीलाई नै प्रधानमन्त्री घोषणा गर्ने आशंका

ओलीलाई नै प्रधानमन्त्री घोषणा गर्ने आशंका

शनिबार, २५ बैशाख २०७८, १९:३१

काठमाडौं । कांग्रेस संसदीय दलको आज बसको बैठकमा वर्तमान परिस्थितिबारे सांसदलाई बिफ्रिङ गर्दै देउवाले भने, ‘केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७ गते असफल पारिन्छ ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओली बहिर्गमन आज आवश्यकता भएको बताएका छन् ।

त्यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे सुझबुझ तरिकाले उपाय अपनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘सरकार निर्माणका लागि जसपाको संस्थागत निर्णय आवश्यक छ । उपेन्द्र यादवको निर्णयले मात्र हुँदैन । यसका लागि छलफल भइरहेको छ ।’

प्रधानमन्त्री ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका देउवाले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । ‘राष्ट्रपतिको भूमिका अमुक पार्टीको नेताको जस्तो भयो । उहाँका कारणले संविधानमाथि बारम्बार प्रहार भयो । राष्ट्रपतिले पदीय दायित्व अनुसारको भूमिका खेल्न सक्नुभएन ।’

देउवाले भने, ‘त्यसैलै एकदम सजकतापूर्वक अगाडि बढ्नुपर्छ । मुलुक जटिल स्थितिमा छ । संविधान विधि कानुन केही नमान्ने राष्ट्रपति र प्रधानमन्त्री भएपछि के हुन्छ ? मुलुक दुर्घटनामा जान थाल्यो ।’ बैठकमा १३ जना सांसदले आफ्नो धारणा राखेका थिए । सबै जना सांसदले काँग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माणमा जोड दिएका थिए ।

केही सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने धारणा राखेपनि विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएकाले अविश्वास प्रस्तावको औचित्य नभएको बैठकले निष्कर्ष निकालेको छ । देउवा नै आक्रमक रुपमा प्रस्तुत भएपछि सांसदहरुले पनि प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका थिए ।